बुधबार, माघ २३ गते २०८१

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेस

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेस

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।

    images

    त्यस अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायत काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने बताए । उनले मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सके कानूनी शासनको बढोत्तरी तथा फौजदारी न्याय प्रशासन प्रभावकारी हुने उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ