बिहीबार , असोज ३ गते २०८१

अष्ट्रेलियाको मेलबर्नमा बसोवास गर्दै आएका दिपेन्द्र धमला कुटिएको बिषयमा मेरो नाम जोडेर समाचार प्रकाशित भएकोमा अत्यन्त दुःखी छु : जोन घले

अष्ट्रेलियाको मेलबर्नमा बसोवास गर्दै आएका दिपेन्द्र धमला कुटिएको बिषयमा मेरो नाम जोडेर समाचार प्रकाशित भएकोमा अत्यन्त दुःखी छु : जोन घले

अखबार दैनिक
सोमबार, जेठ १९ २०७७
  • अष्ट्रेलियाको मेलबर्नमा बसोवास गर्दै आएका दिपेन्द्र धमला कुटिएको बिषयमा मेरो नाम जोडेर समाचार प्रकाशित भएकोमा अत्यन्त दुःखी छु : जोन घले

    १९, जेठ, अष्ट्रेलिया ,अष्ट्रेलियाको मेलबर्नमा बसोवास गर्दै आएका दिपेन्द्र धमला कुटिएको बिषयमा मेरो नाम जोडेर समाचार प्रकाशित भएकोमा अत्यन्त दुःखी छु भनि  जोन घले ले प्रेश बिज्ञप्ति मार्फत बताएका छन।

    images

    गोरखा निवासी हाल अष्ट्रेलियामा ब्यबसायमा जम्दै गरेका घले आफुलाई सामाजिक कार्यमा समेत स्थापित गरिरहेका छन , अष्ट्रेलियामा केहि अनलाईनहरूले उनै घलेसंग जोडेर एक युवालाई कुटपिट गरेको भनि समचार प्रकाशित भएकोमा दुख ब्यक्त्त गर्दै घलेले भएको घटनाबारे बिस्तृतमा बिज्ञप्ति मा भनेका छन ।

    अहिले यस्तो एउटा बिश्वव्यापी संकटको बेलामा एउटा नेपाली दाजुभाईको नाताले पनि मैले धमलालाई सहयोग गर्न चाहे र मेरै घरमा बसी काम गर्ने भए, कम्पनीको तर्फबाट मेरो सबै फार्महरूमा सुपरभाईजरले हेर्ने गर्छन र धमलालाई सुपरभाईजरले काममा लगाउन थाले पहिलो दिन उनी मेरो अंगुर फार्ममा काम गर्न गए तर धमलाले अंगुर फार्ममा काम गर्न नसकेपछि मेरो सुपरभाईजरलाई उनले जानाकारी गराए र दोस्रो दिन उनकै ईच्छा अनुसार सुन्तला फार्ममा काम गर्न गए र सुपरभाईजरले सोही अनुरूप सुन्तला फार्ममा नै पठाईदिए तर तेस्रो दिन काममा जान सबै वर्करहरू सहित बस लिन जादा झण्डै एक घन्टा पर्खदा समेत धमला नआएपछि सुपरभाईजर उनी रहेकै ठाउँमा पुगे यहाँ कम्पनीको रूल अनुसार पनि आफु काममा नजांदा एक दिन पहिला नै कम्पनीको सुपरभाईजरलाई जानकारी दिनुपर्ने हुन्छ उक्त नियम धमलालाई जानकारी हुँदाहुँदै पनि त्यस दिन कामदार अरू साथीहरू सहित बाहिर बस कुरिरहेकै थियो ।

    CF0C5579-1D56-47A6-8661-0FFC6B5299FC.jpeg
    उनी आउन समय लागेपछि सुपरभाईजर उनी रहेकै ठाउँमा पुग्दा उनी ब्रस गर्दै रहेकै अबस्थामा थिए र सुपरभाईजरले दिपेन्द्र जी काममा जान किन ननिस्कनु भएको भन्दा अप्ठेरो काम भनी भनाभन गरेकाले सुपरभाइजरले तुरून्त मलाई फोन गरे र म समेत त्यहाँ पुगी उनलाई यस्तो संकटमा मिलेर बांच्न पर्छ भनि सम्झाई बुझाई गर्न खोज्दा धमलाले मसंग झगडा गर्ने निहुँ खोजेर मलाई धक्का दिएपछि मैले पनि धकेलेको सम्म हो र मैले यति भएपछि भाई तिमी यहाँ नबस अब तिमि उतै मेलबर्न जाउँ भनेको हुँ भएको यत्ति हो । त्यो भन्दा बढि केहि पनि भएको होईन बिबाद बढेपछि मैले काममा लगाउन नसक्ने बताएको हुँ । यहि बिषयलाई लिएर धमलाले मिडिया प्रोपोकाण्ड गरिरहेको पाए म सबै शुभ चिन्तकहरूलाई यस्ता खाले भ्रममा नपर्नुहुन अनुरोध गर्दछु भनि ज़ोन घलेले आफ्नो बिज्ञप्ति मार्फत भनेका छन।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ