काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि मंगलबार पनि छलफल जारी रहनेछ। बैठक धुम्बाराहीस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजे शुरु हुनेछ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि हिजो ८० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए, जसमा अधिकांशले केन्द्रीय सदस्यले पार्टी सच्चिनुपर्ने, युवाको सहभागिता बढाउनुपर्ने, सङ्गठन निर्माणमा ध्यान दिनुपर्ने र पार्टीका अध्यक्षसहितका नेताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने लगायत धारणा राखेका थिए ।
मंगलबार बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। बैठक बुधबार सक्ने माओवादी केन्द्रको तयारी छ।