सोमबार, पुस २२ गते २०८१

विश्वविद्यालयमा दलीय प्रभाव अन्त्य गर्न जरुरी : शिक्षामन्त्री

विश्वविद्यालयमा दलीय प्रभाव अन्त्य गर्न जरुरी : शिक्षामन्त्री

अखबार दैनिक
शुक्रबार, पुस १९ २०८१
  • विश्वविद्यालयमा दलीय प्रभाव अन्त्य गर्न जरुरी : शिक्षामन्त्री

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्र दलीय प्रभाव अन्त्य गर्न जरुरी रहेको बताएकी छन्। शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्।

    images

    उनले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाव अन्त्य गर्ने गरी विधेयक ल्याउनुपर्ने बताइन्। उनले अब विश्वविद्यालय कस्तो हुने? भन्ने किसिमको निर्धारण हुने गरी विधेयक बनाउनुपर्ने बताइन्। उनले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताइन्। अहिलेको ड्राफ्टमा नआए पनि समितिले छलफल गरेर अघि बढाउन सक्ने बताइन्।

    शिक्षामन्त्री भट्टराईले भनिन्, ‘विश्वविद्यालयभित्र भएको दलीय प्रभाव र दबाव अन्त्य गर्ने गरी ऐन बनाउने कुरामा सोचौँ भन्छु। त्यहाँ हुने अराजनीतिक गतिविधि अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हो त ? कस्तो हुनुपर्छ भन्ने कुरा यो ऐनमा व्याख्या गरौँ।’ मन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य गर्न जरुरी रहेको बताइन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार