सोमबार, असोज १९ गते २०८३

होटेलको  कोठामा मृत भेटिएकी सुस्मिता खड्कासँग २३ वर्षीय देवबहादुर थापा बसेको खुलासा

होटेलको  कोठामा मृत भेटिएकी सुस्मिता खड्कासँग २३ वर्षीय देवबहादुर थापा बसेको खुलासा

अखबार दैनिक
बिहीबार , पुस १८ २०८१
  • होटेलको  कोठामा मृत भेटिएकी सुस्मिता खड्कासँग २३ वर्षीय देवबहादुर थापा बसेको खुलासा

    काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित होटेल वाग्मतीको ३०८ नम्बर कोठामा मृत भेटिएकी बौद्धकी सुस्मिता खड्कासँग जोरपाटीका २३ वर्षीय देवबहादुर थापा बसेको खुलेको छ । 

    सुस्मिताको मृत्युपछि भने उनी भागेर ओखलढुंगा पुगेको प्रहरीको अनुसन्धानका क्रममा देखिएको छ । प्रहरीले थापाको खोजीका लागि एउटा टोली नै ओखलढुंगा पठाएको छ ।

    अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘सुस्मिताको मृत्यु भएपछि थापाले बाहिरबाट चाबी लगाएर भागेको देखिएको छ । तर, युवतीको बाहिरी चोट नदेखिकाले मृत्यु कसरी भएको खुलेको छैन ।’’

    ती अधिकारीका अनुसार, सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने प्रहरीको अपेक्षा छ । २२ वर्षीया खड्काको शव बुधबार फेला परेको थियो । थापा र सुस्मिता पुस १६ गते कोठामा बस्न पुगेको खुलेको छ । फरार रहेका थापा मंसिर ३० गतेमात्रै जापानबाट काठमाडौं आएका थिए । उनी आज फर्किने तयारीमा थिए ।

    प्रहरीले थापाको ट्राभल रोक्का राख्न अध्यागमन कार्यालयलाई पत्राचार गरिसकेको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए । प्रहरीका अनुसार, सुस्मितासमेत जापान जाने तयारीमा थिइन् । काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ