मंगलबार, असोज २० गते २०८३

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

अखबार दैनिक
सोमबार, असोज १९ २०८३
  • प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

    काठमाडौँ, १९ असोजः प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत प्रस्थान गर्नुभएको छ ।    
        
    बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणामा उहाँ साताव्यापी औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।    
        
    प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गर्नुभएको थियो । उक्त भ्रमणले सदियौँदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।    
        
    उहाँको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुने छ।      

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ