काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोमा गोली हानी १० जनाको हत्या भएको छ । सेटिन्जे शहरको एक रेस्टुरेन्टमा भएको सामूहिक गोलीबारीमा कम्तीमा १० जनाको मृत्यु भएको अल जजीराले जनाएको छ । आक्रमणपछि आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए ।
त्यहाँका गृहमन्त्रीकाअनुसार बन्दुकधारीले एकै परिवारका सदस्य, रेष्टुरेन्ट मालिक र दुई बच्चाको हत्या गरेका हुन् । यो घटनालाई उनले ‘भयानक घटना’ भनेका छन् । घटनापछि मोन्टेनेग्रो सरकारले बिहीबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।
मोन्टेनेग्रोको ऐतिहासिक राजधानी सेटिन्जेमा विगत तीन वर्षमा बन्दुक आक्रमणको दोस्रो घटना हो । एक आक्रमणकारीले पनि अगस्ट २०२२ मा दुई बालबालिकासहित १० जनाको हत्या गरेका थिए ।
६ लाख २० हजारभन्दा बढी जनसङ्ख्या भएको मोन्टेनेग्रो आफ्नो बन्दुक संस्कृतिको लागि परिचित छ र धेरै मानिसहरूसँग परम्परागत रूपमा हतियारहरू छन् ।