शनिबार, चैत २३ गते २०८१

अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो

अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो

अखबार दैनिक
आइतबार, पुस १४ २०८१
  • अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो

    एजेन्सी । एयर क्यानडाको एउटा विमानमा आगलागी भएको छ । ह्यालिफ्याक्स विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा आगो लागेको हो । विमानस्थलमा विमानले डरलाग्दो गरी अवतरण गरेको थियो ।  यसै क्रममा विमान धावनमार्गबाट ​​चिप्लियो र ल्यान्डिङ गियर बिग्रियो ।

    images

    केही बेरमै विमानमा आगो लाग्यो । तर यस घटनामा कुनै हताहतीबारे तत्काल कुनै जानकारी छैन । दक्षिण कोरियामा धावनमार्गबाट चिप्लिएर अगाडि रहेको पर्खालमा विमान ठोक्किएर ठुलो सङ्ख्यामा हताहत भएको केही बेरमै यो घटना भएको हो । 

    विमान क्यानडाको क्षेत्रीय विमान सेवा प्रदायक कम्पनी पीएएल एयरलाइन्सको भएको बताइएको छ । यो विमानले सेन्ट जोन्स र ह्यालिफ्याक्सबिच यात्रा गरिरहेको थियो । दुर्घटनाबारे थप जानकारी आउन बाँकी भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ