बुधबार, पुस १० गते २०८१

ब्राजिलमा विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु, १७ घाइते

ब्राजिलमा विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु, १७ घाइते

अखबार दैनिक
सोमबार, पुस ८ २०८१
  • ब्राजिलमा विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु, १७ घाइते

    काठमाडौं । ब्राजिलको ग्रामाडो सहरमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । उनीहरू सबै एकै परिवारका सदस्य थिए । त्यो एउटा निजी विमान थियो । आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले त्यसलाई उडाएका थिए । दुर्घटनामा उनी, उनकी श्रीमती, तीन छोरी र परिवारका अरू सदस्यको मृत्यु भएको छ । उनको कम्पनीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिइएको हो ।

    images

    b3-1734929303.jpg

    यो सानो विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर र पसलमा ठोक्किएको बताइएको छ । दुर्घटनामा उक्त क्षेत्रका भवनमा पनि क्षति पुगेको छ ।

    b2-1734929283.jpg

    यो दुर्घटनामा १७ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । तीमध्ये दुईजनाको अवस्था चिन्ताजनक छ । ब्राजिलका सञ्चारमाध्यमका अनुसार, ६१ वर्षीय व्यापारी गालेज्जी आफ्नो परिवारलाई यात्रामा लिएर जाँदै थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको बताइएको छ । बीबीसी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ