काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
आज, कास्की अदालतमा उनलाई म्याद थपका लागि पेश गरिएको थियो । अदालतले अभियोगको थप अनुसन्धानका लागि प्रहरीलाई समय दिएको हो । लामिछानेका समर्थकहरूले उनको हिरासतप्रति आपत्ति जनाउँदै आएका छन् ।
लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । अब पोखरापछि उनलाई पर्सा ल्याउने तयारी छ ।