शनिबार, असोज १७ गते २०८३

भू-भाग फिर्ताका लागि द्विपक्षीय वार्ता र,छलफललाई नै पहल गरिने: मन्त्री युवराज खतिवडा

भू-भाग फिर्ताका लागि द्विपक्षीय वार्ता र,छलफललाई नै पहल गरिने: मन्त्री युवराज खतिवडा

अखबार दैनिक
शनिबार, जेठ १० २०७७
  • भू-भाग फिर्ताका लागि  द्विपक्षीय वार्ता र,छलफललाई नै पहल गरिने: मन्त्री युवराज खतिवडा

    १० जेठ , काठमाण्सडौ । सरकारका प्रवक्ता अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले सुरूमा दुई पक्षीय वार्ता छलफल र कुटनीतिक माध्यमबाटै समस्या समाधानको पहल गरिने बताए।


    सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएको छ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता अर्थ र सञ्चार मन्त्री युवराज खतिवडाले सुरूमा दुई पक्षीय वार्ताबाट समस्या समाधानको प्रयास गरिने बताए।

    ‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौं,’ मन्त्री खतिवडाले भने,‘अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने हो। कूटनीतिक तवरबाट समाधान ननिस्किए  त्यसपछि अरू के गर्ने भन्ने कुरा हुन्छ।’

    पछिल्लो समय कालापानी क्षेत्रलाई लिएर नेपाल-भारतबीच तीव्र मदभेद देखिएको छ।

    केही साताअघि भारतले कालापानी क्षेत्रमा सडक उद्घाटन गरेपछि नेपालले बुधबार उक्त क्षेत्र समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको छ।

    मन्त्री खतिवडाले नयाँ नक्सा कार्यान्वयनका लागि संविधानको अनुसूचीमा रहेको निशान छाप  परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ