बिहीबार , मंसिर २० गते २०८१

नारायणकाजी श्रेष्ठ अचानक उडे चीन

नारायणकाजी श्रेष्ठ अचानक उडे चीन

अखबार दैनिक
बुधबार, मंसिर १९ २०८१
  • नारायणकाजी श्रेष्ठ अचानक उडे चीन

    नेकपा माओवादीका केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन उडेका छन् । नेपाल–चीनबिच बीआरआईमा सम्झौता भएपछि उपाध्यक्ष श्रेष्ठ अचानक चीन उडेका हुन् । स्रोतका अनुसार उनी तत्कालै चीन जाने कुनै कार्यक्रम थिएन । उनी चीनका लागि उडिसकेपछि बाहिर जानकारीमा आएको बताइएको छ ।

    images

    चीनको संघाइमा हुने भनिएको एउटा गोष्ठीमा भाग लिन उनी त्यता गएको भनिएको छ । उपाध्यक्ष श्रेष्ठ यसअघि परराष्ट्रमन्त्री भएको बेला बीआरआई कार्यान्वयनका लागि निकै प्रयास गरेका थिए । उनले चीनमै बसेर बीआरआईबारे छलफल गरी टुंगो लगाएका थिए । गत असारमा बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम तयारी थियो । हस्ताक्षर गर्नका लागि चीनका विदेश मन्त्रालयका सचिव पनि नेपाल आइ पुगेका थिए । तर अन्तिम समयमा हस्ताक्षर हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार