काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ।निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै प्रचारप्रसार गर्न नपाइने गरी मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोगले मतदानको ४८ घण्टा अघिदेखि नै मौन अवधि लागू गर्दै आएको छ। मौन अवधिमा उम्मेदवार वा अरु कसैले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न नपाउने कानुनी व्यवस्था छ। निर्वाचन आयोगले देशभरका स्थानीय तहका ४४ पदमा उपनिर्वाचन गर्न लागेको हो।