अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी यस बर्षको मेला अल्फा बिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
एकै छानामुनी अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने भएकाले यस मेलाको विशेष महत्व रहेको अल्फा बिटा इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष द्धिराज शर्माको भनाई छ । मेलामा सहभागी विद्यार्थीहरुलाई अल्फाविटाले थुप्रै सुविधा र उपहार दिने योजनासमेत बनाएको शर्माले बताए ।
मेलाको प्लाटिनम स्पोन्सरको रुपमा रहेको सिल्क एयरले मेलामा आएकामध्ये एक जना विद्यार्थीलाई मेल्बोर्नसम्मको हवाई टिकट निःशुल्क उपलब्ध गराउने छ भने अरु दुई जनालाई विशेष छुटमा टिकट उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
त्यस्तै, डायमण्ड स्पोन्सरको रुपमा रहेको एनएमबि बैंकले मेलामा आफ्नो स्टल नै राखेर शैक्षिक कर्जाको बारेमा जानकारी दिने छ । अष्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीलाई सहज र छिटो प्रक्रियाबाट शैक्षिक कर्जा के कसरी दिने भन्ने बारेमा एनएमबि बैंकका प्रतिनिधिहरुले जानकारी दिने शर्माको भनाई छ ।
शर्माले भने, ‘बैंकको प्रक्रियाका बारेमा जानकारी नहुँदा धेरै विद्यार्थी र अभिभावकले दुःख पाउने गरेको देखिन्छ । त्यो नहोस भन्नका लागि एनएमबिले स्टल नै राखेर विद्यार्थीहरुलाई सहज प्रक्रियाका लागि जानकारी दिने, निवेदन लिने जस्ता कुराहरु गर्नेछ ।’