शनिबार, वैशाख १५ गते २०८१

यशराजको जासूस ब्रह्माण्डमा भिलेनको रोलमा देखिंदै बबी देओल

यशराजको जासूस ब्रह्माण्डमा भिलेनको रोलमा देखिंदै बबी देओल

अखबार दैनिक
बिहीबार , चैत १५ २०८०
  • यशराजको जासूस ब्रह्माण्डमा भिलेनको रोलमा देखिंदै बबी देओल

    काठमाडौं । बलिउड र क्षेत्रीय फिल्ममा खलनायक चरित्रको भूमिका निर्वाह गर्दै बबी देओलले डुब्न लागेको फिल्म करिअरलाई नयाँ ढंगले अघि बढाइरहेका छन् । सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’मा दमदार खलपात्र अबरार हकको भूमिकामा देखिएका देओल अब भने यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा देखिंदैछन् ।

    images

    डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट र शर्वरी बाघको शीर्ष भूमिका हुने एक्सन-थ्रिलर-स्पिनअफमा खलनायक चरित्रमा देखिने जनाइएको छ ।

    उक्त पोर्टल लेख्छ, ‘बक्स अफिसमा हिट भएको एनिमलपछि हामी यो कुरा पुष्टि गर्न सक्छौं कि बबी देओल यशराज फिल्म्सको स्पाइ युनिभर्समा भिलेनको भूमिकामा देखिनेछन् ।’

    आलिया र शर्वरीबाहेक अन्य कलाकारको घोषणा भइसकेको छैन । नाम तय भइनसकेको यो फिल्मको कथावस्तुले ‘वार २’ र ‘टाइगर भर्सेस पठान’लाई जोड्छ । यसअघि यशराज ब्यानरकै फिल्म ‘बन्टी और बब्ली २’ मा देखिएका शार्वरी यो फिल्ममा आलियासँगै देखिनेछन् । यो फिल्मलाई ‘रेल्वेम्यान’ फेम्ड शिव रावैलले निर्देशन गर्नेछन् ।

    बबी यसबाहेक सुरिया र दिशा पटानी स्टारर तामिल फेन्टासी फिल्म ‘कंगुवा’मा पनि देखिनेछन् । उनी तेलुगू एक्सन-एड्भेन्चर ‘हरि हरा वीरा मल्लु’मा पनि काम गरिरहेका छन्, जहाँ उनले मुगल सम्राट औरंगजेबको चित्रण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार