काठमाडौं । यति बेला सामाजीक सञ्जालमा एउटा भिडियो निकै चर्चामा रहेको छ जुन भिडियो हो न्युजीलयान्डकी सबै भन्दा कान्छी सांसद हाना रावहिती मापी क्लार्कले संसदमा विरोध गरेको भिडियो ।
संसदमा आदिवासी सन्धि विधेयक च्यातेपछि न्युजील्याण्डकी सांसद हानाको विरोध शैलीले विश्वको ध्यान खिचेको छ ।
बिहीबार न्यूजील्याण्डको संसदमा आदिवासी सन्धि सम्बन्धि विधेयकमा मतदान गर्न सांसदहरू संसदमा भेला भएका थिए, तर महिला सांसद हानाले बोल्ने समयमा आफु उभिएर आक्रोश देखाइन् र विधेयकको प्रति कपी च्यात्दै उनले हाका र परम्परागत माओरी नृत्य प्रदर्शन गर्न थालेकी थिइन् । हानालाई नाच्दै गर्दा संसदमा रहेका सबै सांसदले हाका नाच्न थाले । यो दृश्यपछी सभामुख गेरी ब्राउनलीले केही समयका लागि सदन स्थगित गरेका थिए ।
१८४० को वैतांगी सन्धिमा निर्धारित सिद्धान्तहरू अन्तर्गत, जसले सरकार र माओरी बीचको सम्बन्धलाई मार्गदर्शन गर्दछ, जनजातिहरूलाई उनीहरूको भूमिहरू कायम राख्न र ब्रिटिशलाई शासन गर्ने बदलामा उनीहरूको हितको रक्षा गर्ने वाचा गरिएको थियो। उक्त विधेयकले ती अधिकारहरू सबै न्यूजील्याण्डका नागरिकहरूमा लागू हुनुपर्ने उल्लेख गरेको छ ।
आखिर को हुन् हाना रावहिती मापी क्लार्क
न्यूजील्याण्डको लामो इतिहासमा कान्छी सांसद बनेकी हानाले संसदमा माओरी भाषामा गरेको भाषण विश्वभर चर्चाको विषय बनेको छ । स्थानिय सञ्चार माध्यमका अनुसार हाना न्यूजिल्याण्डका मूल निवासीहरूको अधिकारको लागि लड्दै छिन्। हानाका बुबा माओरी समुदायका हुन् र एनगा तामाटोआ समूहसँग सम्बन्धित छन्।
हाना माओरी समुदायका बालबालिकाका लागि बगैँचा चलाउँछिन् । उनी आफूलाई राजनीतिज्ञ नभई माओरी भाषाको संरक्षक मान्छिन् । हाका नृत्य दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुहरूको परम्परागत नृत्य हो।
न्युजील्याण्डको एओटेरोवाबाट निर्वाचित हाना सन् १८५३ पछि पहिलो पटक सबैभन्दा कान्छी सांसद बनेकी हुन् । हाना गत वर्ष अक्टोबरमा न्यूजील्याण्डको संसदमा निर्वाचित भएकी थिइन् । हानाको यो विरोद्ध शैलीमाथी सामाजीक सञ्जालमा विभिन्न टिक्काटिपणी हुन थालेका छन् ।