मंगलबार, असोज ६ गते २०८३

आइतबार ५६.०९ अकंले बढ्यो सेयर बजार

आइतबार ५६.०९ अकंले बढ्यो सेयर बजार

अखबार दैनिक
आइतबार, असोज २० २०८१
  • आइतबार ५६.०९ अकंले बढ्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अकंले बढेको छ । आज बजार ५६.०९ अकंले बढेर २६५३.५८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज २१९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। २३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    आज बैंकिङ २.२०, विकास बैंक २.२२, होटल तथा पर्यटन १.७१, हाइड्रोपावर २.७३, लगानी १.९९, जीवन बीमा १.३४, उत्पादन ३.१२, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा १.४९, अन्य १.६२ र व्यापार ०.९० प्रतिशत बढे । न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मध्यभोटेकोशीको ९.७, इस्टर्न हाइड्रोपावरको ९.६, गुडविल फाइनान्सको ९.२७, सिनर्जी पावरको ८.१ प्रतिशत मूल्य बढ्यो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ