आइतबार, असोज ४ गते २०८३

माडीका गाईमा देखियो ‘क्यू फिवर’

माडीका गाईमा देखियो ‘क्यू फिवर’

बुधबार, असोज १६ २०८१
  • माडीका गाईमा देखियो ‘क्यू फिवर’

    माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी–४ मा पुष्टि भएको हो ।

    नगरपालिकाका पशु शाखा प्रमुख डा रविन बस्ताकोटीका अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गाईमा क्यू फिवर पुष्टि भएको हो । कक्जियाला वोर्नेटाई नामक व्याक्टेरियाका कारण यो रोग लाग्ने उहाँले बताउनुभयो । चार महिनाको गाई गर्भावस्थामा बिरामी परेर उपचारका क्रममा तुहिएपछि रोग पहिचानको काम गरिएको थियो । उहाँले भन्नुभयो, “परीक्षणका लागि सालको टुक्रालाई प्रयोगशालामा पठाइएको थियो ।” पिसिआर विधिबाट परीक्षण गरी रोग पहिचान गरिएको उहाँले बताउनुभयो ।

    जिल्लामा पहिलो पटक यो रोग देखिएको बस्ताकोटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा पहिलो पटक यो रोग देखिएको हो, यो रोग देखिए तीन हप्तादेखि तीन महिनासम्म औषधि चलाउनुपर्ने हुन्छ ।” यो रोग लागेका पशु चौपायामा ज्वरो आउने, खाना नखाने लक्षण देखापर्छ । सन् १९३५ मा यो रोग अष्ट्रेलियामा पुष्टि भएको थियो । यो रोग लागेका पशुलाई टोकेका किर्नाले मान्छेमा टोकेमा, काँचो दूधको सेवन वा काँचो मासुको प्रयोग गर्नाले मानिसमा पनि सर्ने गर्दछ । यो रोग लागेका मानिसमा ज्वरो अउने, छाती दुख्ने, निमोनिया हुने र हेपाटाइटिससम्म हुने बस्ताकोटीले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार