काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य विपद्का कारण भएको क्षतिको विवरण सङ्कलन गर्न टास्कफोर्स बनाउने निर्णय गरेको छ । टास्कफोर्स गठन गरेर १५ दिनभित्र क्षतिको विवरण सङ्कलन गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।
गृहमन्त्री रमेश लेखक नेतृत्वको बैठकले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्बन्धित मन्त्रालयले अघि बढाउने निर्णय गरेको छ ।