आइतबार, मंसिर ९ गते २०८१

बागमती प्रदेश सरकारद्वारा चणिकलाललाई डेढ लाखसहित सम्मान गर्ने

बागमती प्रदेश सरकारद्वारा चणिकलाललाई डेढ लाखसहित सम्मान गर्ने

अखबार दैनिक
सोमबार, असोज १४ २०८१
  • बागमती प्रदेश सरकारद्वारा चणिकलाललाई डेढ लाखसहित सम्मान गर्ने

    काठमाडौं।ललितपुर नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ ।

    images

    मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए । तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यवाद दिएको पनि मुख्यमन्त्री लामाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ