आइतबार, मंसिर ९ गते २०८१

धादिङको झ्याप्लेखोलाको पहिरोमा पुरिएका ३ वटा गाडीबाट हालसम्म ३० जनाको शव फेला

धादिङको झ्याप्लेखोलाको पहिरोमा पुरिएका ३ वटा गाडीबाट हालसम्म ३० जनाको शव फेला

अखबार दैनिक
आइतबार, असोज १३ २०८१
  • धादिङको झ्याप्लेखोलाको पहिरोमा पुरिएका ३ वटा गाडीबाट हालसम्म ३० जनाको शव फेला

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३० जनाको शव निकालिएको छ ।सशस्त्र प्रहरी बलका अनुसार यो समाचार बनाउँदासम्म पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

    images

    सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । डीएसपी थापाका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ ।

    पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

    त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ