बुधबार, मंसिर १२ गते २०८१

बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार

बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार

अखबार दैनिक
आइतबार, असोज १३ २०८१
  • बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार

    काठमाडौं । नेपाली सेनाको हेलिकप्टरले काभ्रेको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याइएको छ ।

    images

    बीपी राजमार्गको नेपालथोक\धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था छ, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले भने, ‘सुरुमा नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलटारमा खाद्यान्न पुर्‍याएर राजमार्गमा फसेकाहरूको उद्धार सुरु भएको छ ।’ जिल्लाका प्रमुख दुई राजमार्ग बीपी र अरनिको सहित अधिकांश स्थानीय तह जोड्न सडक समेत अवरुद्ध छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार