काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए । कांग्रेसले राहत कोषमा ५० लाख जम्मा गर्ने भएको छ । त्यस्तै पीडितहरूको सहयोगका लागि कांग्रेस सांसदहरूले आफ्नो १५/१५ दिनको तलब पनि राख्नेछन्, प्रवक्ता महतले भने ।
दशैं-तिहारको अवसरमा पार्टीले आयोजना गर्ने गरेको चियापान कार्यक्रम भने रद्द गरिएको छ । बाढी-पीडितहरूको उद्धारमै केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले भने, “हामीले सबै सङ्घ-सङ्गठन पनि परिचालन गर्नेछौँ । त्यसका लागि केन्द्रीय समितिका साथीहरू खटिनुहुनेछ ।”