काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला २ दिन अगाडि सारिएको छ । पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेन्युका कारण २ दिन अगाडि राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताए ।
‘असोजको १ र २ गते गते हामीले राष्ट्रिय भेला गर्ने भएका छौँ । भेन्युका कारण हामीले अघि सार्नुपरेको हो‚’ उनले भने । केन्द्रीय समिति बैठकले ३ र ४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो । उनले महाधिवेशन २०८२ वैशाखमा गर्ने भएपनि मिति भने तोकिनसकिएको जानकारी दिए ।
उनले काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठाको हलमा भेला आयोजना गरिने जानकारी दिए । कार्यवाहक महामन्त्री बुर्लाकोटीले करिब १५ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए ।