काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले उपसभामुखको राजीनमा माग गरेका हुन् ।
कांग्रेस सांसद प्रतिमा गौतमले अन्तर्वार्ताको मिति अघि सार्न भन्दै अमेरिकी दूतावासालई लेखेको पत्रले उपसभामुख पदबाट अपराध भएको भन्दै राजीनामा दिन माग गरिन् । “उपसभामुखमाथि प्रश्न उठेको छ । यो पदीय दुरुपयोग हो । गम्भीर अपराध हो,” उनले भनिन् ।
उनले उपसभामुखमाथि लागेको आरोप महिला र करुणाले नछेकिने पनि बताइन् । "महिला, करुणा र संख्याको विषय होइन । संविधान र कानुनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको कुरा हो,” उनले भनिन्, “जब पदीय इमान हुँदैन, लोकतन्त्रमा संख्याले आफ्नो काम गर्छ ।”