शुक्रबार, मंसिर १४ गते २०८१

योगेश भट्टराईको भाषण रेकर्डबाट नहटाएकामा माओवादीको विरोध

योगेश भट्टराईको भाषण रेकर्डबाट नहटाएकामा माओवादीको विरोध

अखबार दैनिक
बुधबार, भदौ २६ २०८१
  • योगेश भट्टराईको भाषण रेकर्डबाट नहटाएकामा माओवादीको विरोध

    काठमाडौं । सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको भाषण रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअ‍ोवादी केन्द्रले संसद अवरोध गरेको छ ।

    images

    बुधबार सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए । सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए । त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न दिए ।

    पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागेका थिए। सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार