बिहीबार , असोज ३ गते २०८१

चलचित्र ‘खुस्मा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘खुस्मा’को ट्रेलर सार्वजनिक

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८१
  • चलचित्र ‘खुस्मा’को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘खुस्मा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आज कार्यक्रम गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेम, बाध्यता, विछोड र द्वन्द्वलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरीलगायत फिचर्ड छन् । एम मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशन अशोक थापा मगर हुन् ।

    images

    सिनेमाको निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन् भने सहनिर्माता सुस्मिता बुढाथोकी हुन् । 

    चलचित्रमा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ