शुक्रबार, मंसिर १४ गते २०८१

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८१
  • एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा

    काठमाडौं। नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकका शून्य समयमा बोल्दै उनीहरूले नैतिक प्रश्न उठेको व्यक्ति संवैधानिक पदमा रहन नहुने बताएका हुन् । एमालेका सांसद सूर्यप्रसाद ढकालले उपसभामुखको विषयमा उठेको प्रश्न गम्भीर रहेको बताए ।

    images

    ‘सदनभित्र र बाहिर उपसभामुखको कुरा उठिरहेको छ । नैतिकताको कुरा उठेको छ । पदीय मर्यादाको कुरा उठेको छ । मानव तस्करीसाग सम्बन्धित कुरा उठेको छ । उपसभामुख जस्तो व्यक्तिको बारेमा प्रश्न उठ्दा उपसभामुखले मार्ग प्रशस्त गर्न अथवा राजीनामा गर्नका निम्ति म जोडदार माग गर्दछु’ उनले भने । एमालेका सांसद शोभा ज्ञवाली, सरस्वती सुब्बाले पनि उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार