शुक्रबार, मंसिर १४ गते २०८१

ज्ञानेन्द्र शाहीको आक्रोश, प्रधानमन्त्री ओली जत्तिको झुठ बोल्ने मान्छे सायद कोहि छैन

ज्ञानेन्द्र शाहीको आक्रोश, प्रधानमन्त्री ओली जत्तिको झुठ बोल्ने मान्छे सायद कोहि छैन

अखबार दैनिक
सोमबार, भदौ २४ २०८१
  • ज्ञानेन्द्र शाहीको आक्रोश, प्रधानमन्त्री ओली जत्तिको झुठ बोल्ने मान्छे सायद कोहि छैन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको झुठ बोल्ने मान्छे आफूले अरु कोहि नदेखेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री ओलीले अन्तिम समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह झुट बोलेर रोकिदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । 

    images

    शाहिले दिक्षान्त समारोहका लागि पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका विद्यार्थीहरु जुम्ला गएको र अन्य पाहुनाहरु समेत गइसकेको अवस्थामा प्रधानमन्त्रीले ‘म भ्याउँदिन, कार्यक्रम सार्नु’ भनी खबर पठाएको बताए । 

    उनले भने, "देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी, पूर्वको झापादेखि, पश्चिमको कञ्चनपुरका विद्यार्थी जुम्ला गए । त्यतिमात्रै होईन, डा.सन्दुक रूइत जानुभयो ।’  ‘हामीहरु गयौं, स्वास्थ्य सचिव जानुभयो । अन्तिम समयमा आएर के भन्दिनुभयो ‘म आउँदिन, दिक्षान्त समारोह पछाडि सार । हुकुमी शासन हो ? त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्नुपर्छ ।’ ‘भ्यूव टावर भएको भए डौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालयमा जानुभएन,"।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार