बुधबार, माघ २ गते २०८१

नेपाल राष्ट्र बैंकले बैंकहरूबाट १ खर्ब रुपैयाँ तान्दै

नेपाल राष्ट्र बैंकले बैंकहरूबाट १ खर्ब रुपैयाँ तान्दै

अखबार दैनिक
आइतबार, भदौ २३ २०८१
  • नेपाल राष्ट्र बैंकले बैंकहरूबाट १ खर्ब रुपैयाँ तान्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको १ खर्ब तान्ने भएको छ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भएपछि राष्ट्र बैंकले निक्षेप सङ्कलनको उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।  २१ दिनका लागि तान्न लागेको उक्त रकमको साँवा तथा ब्याज भुक्तानी असोज १३ गते गर्ने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ । 

    images

    बैंकहरूले घटीमा १० करोड रुपैयाँ राख्ने गरी अनलाइन फारम भर्न पाउने छन् । बैंकहरूमा अहिले ७ खर्बभन्दा बढी रकम कर्जा लगानीका लागि छ । तर कर्जाको माग नभएपछि बजारको सन्तुलन कायम गर्न राष्ट्र बैंकले बेलाबेला निक्षेप खिच्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार