सोमबार, भदौ ३१ गते २०८१

बिहिबार १२.१० अंकले घट्यो सेयर बजार

बिहिबार १२.१० अंकले घट्यो सेयर बजार

अखबार दैनिक
बिहीबार , भदौ २० २०८१
  • बिहिबार १२.१० अंकले घट्यो सेयर बजार

    काठमाडौं । वृद्धितर्फ लागिरहेको सेयर बजारमा यो साताको कारोबार पनि उतारचढावमा नै देखिएको छ। साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    images

    आज १०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ। १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    दुई दिन लगातार वृद्धि हुँदै नयाँ उचाइतर्फको संकेत गरेको सेयर बजार पुनस् दुई दिन ओरालो लागेको हो। सोमबार देखिएको १२७.३२ अंकको उछाललाई साथ दिनेगरी मंगलबार पनि हरियोमा नै बन्द भएको बजार बुधबार र बिहीबार भने घटेको हो।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ