सोमबार, भदौ ३१ गते २०८१

सरकारको सबै शर्त मान्न टिकटक तयार

सरकारको सबै शर्त मान्न टिकटक तयार

अखबार दैनिक
बिहीबार , भदौ २० २०८१
  • सरकारको सबै शर्त मान्न टिकटक तयार

    सरकारको सबै शर्तमान्न टिकटक तयार भएको छ । सरकारले टिकटकमा लागेको प्रतिबन्ध हटाउने निर्णय गरेपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए ।

    images

    उनीहरु हिजो (बुधबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका थिए । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका शर्तबाहेक अन्य विषयमा पनि नेपाल सरकारलाई सघाउन सक्ने बताएका छन् । कात्तिक २७ गतेबाट सरकारले लगाएको टिकटकको प्रतिबन्ध बन्द करिब साढे नौ महिनापछि भदौ ६ गते शर्तसहित हटाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ