सोमबार, भदौ ३१ गते २०८१

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

अखबार दैनिक
बिहीबार , भदौ २० २०८१
  • नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताउनुभयो, नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताउनुभयो ।

    images

    युवाहरु विदेशिने क्रम बढ्दो रहेको हुदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उहाँको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ ।

    कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उहाँ पाल्पा आउनुभएको हो । मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडी फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उहाँको धारणा छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ