काठमाडौं । दुई दिन लगातार वृद्धि हुँदै नयाँ उचाइतर्फको संकेत गरेको सेयर बजार पुनस् ओरालो लागेको छ। साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । आज बजार ९०.७३ अंकले घटेर २७३९.४६ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
३१ कम्पनीको मात्र मूल्य बढेको बजारमा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। २१३ कम्पनीको सेयर मूल्य घटेको बजारमा एउटा कम्पनीको भने मूल्यमा परिवर्तन भएको छैन।