शुक्रबार, मंसिर १४ गते २०८१

सडक र हवाई यात्रा सुरक्षाका निम्ति विशेष कार्यक्रम सञ्चालन गर्न माग : सांसद तारा लामा

सडक र हवाई यात्रा सुरक्षाका निम्ति विशेष कार्यक्रम सञ्चालन गर्न माग : सांसद तारा लामा

अखबार दैनिक
मंगलबार, भदौ १८ २०८१
  • सडक र हवाई यात्रा सुरक्षाका निम्ति विशेष कार्यक्रम सञ्चालन गर्न माग : सांसद तारा लामा

    काठमाडौं । नेकपा (एमाले)का सांसद तारा लामा तामाङले सडक र हवाई यात्रा सुरक्षाका निम्ति विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । 

    images

    मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सांसदहरूलाई उक्त अभियानको अगुवाइ गर्न दिन आग्रह गरे । “दुर्घटना भएमा पीडितलाई तत्काल र प्रभावकारी राहत उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । दुर्घटना न्यूनीकरण हाम्रो साझा जिम्मेवारी हो, र यसको लागि सबै पक्षले एकजुट भएर काम गर्न आवश्यक छ र केही समयको लागि सबै सांसदलाई सडक सुरक्षासम्बन्धी सचेतना सञ्चालन गर्ने विशेष अभियानको अगुवाइ गरी १६५ निर्वाचन क्षेत्रमा सञ्चालन गर्न सुझावसहित नेपाल सरकारलाई सडक र हवाई यात्रा सुरक्षाको लागि विशेष कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्दछु,” उनले भने । 

    दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ । पुराना र जीर्ण अवस्थामा रहेका सवारीसाधनको प्रयोग रोक्न र सवारीसाधनको स्तरीयता सुनिश्चित गर्न कडाइका साथ नियम पालना गरिनुपर्ने भनाइ उनको छ । योग्य र प्रशिक्षित चालक मात्र सडकमा सवारी चलाउन अनुमति दिने व्यवस्था गर्नुपर्ने सुझाव उनको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार