शुक्रबार, मंसिर १४ गते २०८१

सांसद पौडेलको प्रश्न : मानवीय गल्ती गरेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?

सांसद पौडेलको प्रश्न : मानवीय गल्ती गरेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?

अखबार दैनिक
मंगलबार, भदौ १८ २०८१
  • सांसद पौडेलको प्रश्न : मानवीय गल्ती गरेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले एमबीबीएस परीक्षाको नतिजा किन रोल नम्बरको आधारमा कायम गरेको भनि सोधेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले उच्च शिक्षालाई सुधार गर्नुपर्ने चर्चा चलेका बेलामा गल्ती भएको बताए । 

    images

    “चिकित्सा शिक्षा आयोगले भदौ १ मा लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा भदौ १४ मा सार्वजनिक गर्‍यो । समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने, किन रोल नम्बरको आधारमा भयो ?,” उनले प्रश्न गरे । 

    उनले चिकित्सा शिक्षा आयोग कार्यकारी समितिले र परीक्षा समितिले गम्भीर गल्ती गरेको बताए । मानवीय गल्ती भएको भनि विज्ञप्ति निकालेकोमा आपत्ति जनाए । “मानवीय गल्ती गरेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?,” उनले प्रश्न गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार