आइतबार, मंसिर ९ गते २०८१

प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तकालय सञ्चालन

प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तकालय सञ्चालन

अखबार दैनिक
सोमबार, भदौ १७ २०८१
  • प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तकालय सञ्चालन

    प्रधानमन्त्री निवास, बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका पत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा आइतबारदेखि पुस्तकालय सञ्चालनमा आएको हो।

    images

    ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गरेकी थिइन्। उनले आह्वान गरेपछि पुस्तक उपहार दिने क्रम जारी रहेको छ। 

    प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भएपनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन। पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री ओलीले पत्नी शाक्यको पहललाई धन्यवाद दिँदै पहिला पहिला ज्ञानको बैँकका रुपमा रहेको पुस्तक रहने उल्लेख गरे।पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहको स्मरण गरे। उनले यस पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने पनि बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार