शुक्रबार, मंसिर १४ गते २०८१

नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको छ:मन्त्री दाहाल

नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको छ:मन्त्री दाहाल

अखबार दैनिक
सोमबार, भदौ १७ २०८१
  • नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको छ:मन्त्री दाहाल

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताएका छन् ।

    images

    सोमबार प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको कार्यक्रमा बोल्दै उनले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताएका हुन् । मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे । 

    उनले भने,“सडक निर्माणको काम सुरु भएको लामो समय भइकेको छ तर प्रगति हेर्दा ५४÷५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौँ, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ”, ।काम चाँडो सक्नका लागि ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेकाले अब प्रगति हुन्छ ।”

    उनले बर्षात सकिएपछि कामको गति हेरिने र कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने प्रष्ट पारे । मन्त्री दाहालले भने, “बर्सात सकिने बित्तिकै उहाँहरूले तीव्रगतिमा काम अघि बढाउन नसकेमा हामीले ठेक्का तोडेर जानुपर्ने हुन्छ, अर्को विकल्प दिनुपर्ने हुनसक्नछ । यस्तो गर्न नपरोस् भन्ने हाम्रो चाहना छ ।”

    प्रतिक्रिया दिनुहोस

    थप समाचार