काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २७ सय मुनि झरेको छ । आज बजार ५३.६३ अंकले घटेर २६९५.९३ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतबार कारोबार रकममा पनि गिरावट आएको छ । बिहिबार १२ अर्ब २४ करोडको कारोबार भएको बजारमा आज १० अर्ब ५१ करोडको कारोबार भएको छ।
आज ३१ कम्पनीको मूल्य बढेको छ भने २०९ कम्पनीको मूल्य घटेको छ । बाकी ४ कम्पनीको मूल्य स्थिर रहेको छ । आज बजारमा म्युचुअल फन्डबाहेक सबै क्षेत्रगत सूचक घटेका छन् ।