काठमाडौं । नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले पदबहाली गरेका छन् । शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर अर्यालले नियुक्ति पत्र बुझेका उनले आइतबार मध्यान्हमा सिंहदरबार पुगेर पदबहाली गरेका छन् । अर्याललाई कर्मचारीहरुले फूलमालासहित स्वागत गरेका थिए ।
यसअघिकी मुख्यसचिव लीलादेवी गड्तौला शुक्रबार नै अवकाश भएकी थिइन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो । मुख्यसचिवमा पदबहाली गरेलगत्तै उनले सचिव बैठक डाकेका छन् । सबै सचिवहरु सहभागी बैठकमा उनले निर्देशनहरु दिने कार्यक्रम छ ।