आइतबार, मंसिर ९ गते २०८१

५ सय प्रशिक्षक स्वंम सेवक बनाउन विद्यार्थीलाई तालिम

५ सय प्रशिक्षक स्वंम सेवक बनाउन विद्यार्थीलाई तालिम

अखबार दैनिक
आइतबार, भदौ १६ २०८१
  • ५ सय प्रशिक्षक स्वंम सेवक बनाउन विद्यार्थीलाई तालिम

    स्कुल तथा कलेजमा अध्ययनरत ५०० प्रशिक्षक स्वंम सेवक तयार गर्ने योजना अन्तरगत चितवनको कुरिनटारस्थित शसस्त्र प्रहरी बल, विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तीन दिने भोलियन्टर रेस्क्यु डिजास्टर रेस्पोन्स ट्रेनिङ सुरु भएको छ ।

    images

    आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रमका्े शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल र प्रगती पाठशाला कुरिनटारका प्राध्यापक टंक त्रिपाठीले संयुक्त रुपमा समुद्‍घाटन गरेका थिए । उक्त तालिममा प्रगति पाठशाला चितवन कुरिनटारमा अध्ययनरत ८, ९, ११ र १२ मा अध्ययनरत ९३ जना छात्र/छात्रा सहभागि छन् ।

    r1.jpeg

    यस तालिममा विपद्को परिचय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालको भुमिका, मेडिकल फर्स्ट रेस्पोन्डर, ध्वस्त संरचना खोज र उद्धार, पानी उद्धार प्रविधि, आगलागि, बाढी, पहिरो भुकम्प लगायतका विषयहरु समाबेश गरी प्रशिक्षण गराईने शिक्षालयका प्रहरी उपरीक्षक जनक पुरीले जानकारी दिए । ५०० जना प्रशिक्षक स्वयंम सेवक तयार गर्ने उद्देश्य अनुरुप संचालन गरिएको यो तालिम निकट भविष्यमा सशस्त्र प्रहरी बल, नेपालका आठ वटै बाहिनीहरुमा समेत संचालन गर्ने तयारी छ । विपद् व्यवस्थापनमा समुदायलाईनै ‘फस्र्ट रेस्पोन्डर’को रुपमा परिचालिन हुन तथा विपद्‍बाट जनधनको क्षती न्यूनीकरण गर्ने उदेश्य स्वरुप तालिम संचालन गरिएको हो ।

    r2.jpeg

    सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले आफ्नो स्थापनाकाल देखि नै नेपाल प्रहरी, निजामती सेवाका कर्मचारीहरुलाई विपद् व्यवस्थापन तालिम तथा विभिन्न स्थानिय तह, विभिन्न संघसस्थाहरुसँग आवश्यक समन्वय गरी समुदायमा आधारीत विपद् प्रतिकार्य तालिमहरु संचालन गर्दै आईरहेको छ । हाल आएर नेपाल सरकारको विद्यालयका ५०० जना विद्यार्थीहरुलाई प्रशिक्षक स्वयंम सेवक तयार गर्ने योजना अनुरुप यो तालिम आजबाट संचालनमा आएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार