आइतबार, मंसिर ९ गते २०८१

जुम्लामा चट्याङ लागेर १५ भेडा मरे

जुम्लामा चट्याङ लागेर १५ भेडा मरे

अखबार दैनिक
आइतबार, भदौ १६ २०८१
  • जुम्लामा चट्याङ लागेर १५ भेडा मरे

    जुम्ला । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् । तातोपानी गाउँपालिका–४, लामाचौर पाटनमा शनिबार दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए । गएको साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब १०० भेडा मरेका थिए ।

    images

    यसअघि, जुम्लाको कनकासुन्दरी, तिला र गुठीचौरका पाटनमा पनि चट्याङ लागेर २०० भन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार