काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशले प्रदेश महामन्त्री पारस बाहुनलाई पदबाट हटाएको छ ।
विज्ञप्ति जारी गर्दै रास्वपाले संगठन र नेतृत्वलाई असहज तथा असफल बनाउने क्रियाकलाप गरेको भन्दै पदबाट मुक्त गरिएको जनाएको छ । स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रदेश महामन्त्री पदको जिम्मेवारिबाट बाहुनलाई मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।