जनकपुरधाम । धनुषामा नेपाल आयल निगमका एक कर्मचारीको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर डिपोमा कार्यरत राकेश वर्माको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार निगमकै दुई कर्मचारीबीच झगडा हुँदा वर्माको हत्या भएको हो । सरसफाइको कुरामा विवाद हुँदा वर्मामाथि बेल्चा प्रहार भएको पाइएको प्रहरीले जनाएको छ । घटना बिहीबार राति १० बजेको हो । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर, परिचय भने खुलाएको छैन ।