शुक्रबार, मंसिर १४ गते २०८१

छेपारोले रंग फेर्न समय लगाउला तर प्रचण्डले त्योभन्दा छिटो रङ फेर्न सक्ने बताए : सांसद गोकुल

छेपारोले रंग फेर्न समय लगाउला तर प्रचण्डले त्योभन्दा छिटो रङ फेर्न सक्ने बताए : सांसद गोकुल

अखबार दैनिक
बिहीबार , भदौ १३ २०८१
  • छेपारोले रंग फेर्न समय लगाउला तर प्रचण्डले त्योभन्दा छिटो रङ फेर्न सक्ने बताए : सांसद गोकुल

    नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छेपारोभन्दा छिटो रङ फेर्न माहिर रहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले छेपारोले रंग फेर्न बरु समय लगाउला तर प्रचण्डले त्योभन्दा छिटो रङ फेर्न सक्ने बताए । उनले एकपपटक प्रचण्ड र छेपारोको रंग फेर्ने प्रतिस्पर्धा गराउनुपर्ने उल्लेख गरे ।

    images

    मंगलबार प्रचण्डले संसदबाट सरकारलाई मार्गदर्शन गर्नुको सट्टा चुनौति र धम्की दिएको उनले आरोप लगाए । उनले प्रचण्ड धम्की दुनियाँ तताउने बाहेक केहि नभएको उल्लेख गरे । आफूलाई प्रतिकुल हुनेवित्तिकै विद्रोहको भाषा बोल्ने प्रचण्डको बानी पुरानै रहेको उल्लेख गरे ।

    उनले विद्यतु प्राधिकरणको २ अर्ब उठाउन प्रचण्डले पत्र काटेको आरोप लगाउँदै २२ अर्ब नउठाउने प्रचण्ड नै हुन् भनेर दाबी गरे । होइन भने २२ अर्ब उठाउन कसले रोक्यो ? उनको प्रश्न थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार