शुक्रबार, मंसिर १४ गते २०८१

नेपाललाई हिन्दु राष्ट्र बनाउन माग : सांसद किरणकुमार साह

नेपाललाई हिन्दु राष्ट्र बनाउन माग : सांसद किरणकुमार साह

अखबार दैनिक
बिहीबार , भदौ १३ २०८१
  • नेपाललाई हिन्दु राष्ट्र बनाउन माग : सांसद किरणकुमार साह

    काठमाडौं । नेकपा (एमाले)का सांसद किरणकुमार साहले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले संविधानले उन्नति र पहिचान नदिएकाले संशोधन गरी हिन्दु राष्ट्र बनाउन माग गरेका हुन् । 

    images

    “हाम्रो सामु प्रश्न खडा भएको छ । हामीले सोचेका थियौँ, हाम्रो संविधान संविधानसभामार्फत आफैँ लेख्यौँ,” उनले भने, “सबै नेताहरूले यसलाई विश्वको उत्कृष्ट संविधान भने तर, यो संविधानले उन्नति नै दिइराखेको छ । न त पहिचान त्यसैले संविधान संशोधन गरी नेपाललाई सनातन हिन्दु राष्ट्रको पहिचान दिऔँ ।” 

    उनले धर्म निरपेक्ष राष्ट्र बनाउँदा विश्व स्वास्थ्य संगठनको उमेदवारी दिँदा पनि हारिएको बताए । युवा विदेशमा जानुपरेको, गाउँ रित्तिन थालेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार