शुक्रबार, मंसिर १४ गते २०८१

दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

अखबार दैनिक
बिहीबार , भदौ १३ २०८१
  • दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिएका छन् । 

    images

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरूको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले केही समयअघि भुटानको पारोसँगको खेलमा दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

    उनले खेलाडीहरूका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरू वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाए । 

    प्रधानमन्त्री ओलीले भने,"मैले भित्रै गएर त हेरेको छैन तर दशरथ रंगशालाको खेल मैदान धेरै बिग्रिएको भन्ने छ। म ०४४ सालमा जेलबाट छुटेपछि खेल पनि हेर्ने गरेको छु। जाने पनि गरेको छु। यति साह्रो बिग्रिएको खेल मैदान मैले देखेको थिएन। अहिले हिलै छ। अस्ति एउटा खेल देख्दा देशकै बेइज्जत भए जस्तो लाग्यो। त्यसकारण यस्तो देशकै बेइज्जत हुने खालको स्थिति हुनु हुँदैन,’ । ‘अन्यत्र त्यस्तो प्यारापिट नै छैन जहाँ हामी खेल खेलाएर दर्शकलाई देखाउन सकौँ। दर्शकलाई देखाउने गरीको खेल खेल्ने हो भने अन्त प्यारापिट छैन। हामीलाई २०/२५ हजारको क्षमताको त्यस्तो मैदान त चुस्त दुरुस्त चाहिन्छ नै। त्यसको दुरुपयोग नहोस्। खासगरी यो स्तरीय खेलहरुका लागि हो, खासगरी त्यो फुटबल जस्ता खेलहरुका लागि हो। अरु खेल खेल्नु छ भने तदनुसारका खेल मैदानहरु तयार गर्नुपर्छ,’

    देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरुका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने उनको भनाइ थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार