शुक्रबार, कात्तिक १६ गते २०८१

रास्वपा सांसद श्रेष्ठले प्रश्न गरे :  राजदूत पद दलीय भर्ती केन्द्र हो ?

रास्वपा सांसद श्रेष्ठले प्रश्न गरे :  राजदूत पद दलीय भर्ती केन्द्र हो ?

अखबार दैनिक
बुधबार, भदौ १२ २०८१
  • रास्वपा सांसद श्रेष्ठले प्रश्न गरे :  राजदूत पद दलीय भर्ती केन्द्र हो ?

    प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले विभिन्न १७ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको सिफारिसप्रति आपत्ति जनाउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा राजदुत दललाई सरकारले दलहरुको भर्ती केन्द्रको रुपमा उपयोग गरिरहेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

    images

    सांसद श्रेष्ठले पदीय मर्यादालाई धान्न नसक्ने व्यक्तिलाई राजदुत पदमा नियुक्ति गरेर नेपालको छविलाई अन्तर्राष्ट्रिय रुपमा धमिल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले राजदुत नियुक्तिको विषय नेपालको छवि बिगार्ने अस्त्र बनाउने काम सरकारले गर्न नहुने बताउनु भयो ।सांसद श्रेष्ठले राजदुत पद योग्यता र दक्षता भएको व्यक्तिलाई दिन उपयुक्त हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार