शुक्रबार, मंसिर १४ गते २०८१

ओली र देउवाविरुद्ध आवाज उठाएका युवालाई पक्राउ गरिएको भन्दै सांसद ढकालले गरे विरोध

ओली र देउवाविरुद्ध आवाज उठाएका युवालाई पक्राउ गरिएको भन्दै सांसद ढकालले गरे विरोध

अखबार दैनिक
बुधबार, भदौ १२ २०८१
  • ओली र देउवाविरुद्ध आवाज उठाएका युवालाई पक्राउ गरिएको भन्दै सांसद ढकालले गरे विरोध

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आवाज उठाएका युवाहरूलाई पक्राउ गरिएको भन्दै विरोध गरेका छन् । बुधवारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले पक्राउ परेका युवाहरूको रिहाइको माग गरेका छन् ।

    images

    ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरे । यसलाई अराजकता अनेक बहाना लगाएर भिडियो फुटेज हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको छ यो गलत छ‚’ उनले भने ।

    युवाले राखेको विरोध राज्यले सुन्न सक्नु पर्ने भनाइ उनको थियो । ‘सिंहदरबारभित्रको बेइमानहरूलाई खबरदारी गर्दा समाउन पाउँदैन । विभिन्न जिल्लामा स्ट्याटस लेखेको भरमा समाउन थालेको भन्ने कुरा छ । कमिलाको उड्ने बेलामा प्वाँख पलाए जस्तो नहोस्‚’ उनले थपे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार