आइतबार, मंसिर ९ गते २०८१

यस वर्षको शिक्षा दिवसको तय भयो नारा

यस वर्षको शिक्षा दिवसको तय भयो नारा

अखबार दैनिक
बुधबार, भदौ १२ २०८१
  • यस वर्षको शिक्षा दिवसको तय भयो नारा

    काठमाडौँ । यस वर्षको शिक्षा दिवसका लागि मूल नारा तय भएको छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई शिक्षा दिवसको मूल नारा तय गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रीस्तरीय बैठकबाट उक्त मूल नारा टुङ्गिएको शिक्षा मन्त्रालयले जनाएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत बर्ष देखि शिक्षा दिवसका रूपमा मनाउन सुरु गरिएको छ । दिवसका लागि आदर्श वाक्य बनाउन भन्दै मन्त्रालयले विभिन्न शब्दहरू सार्वजनिक गरेका थियो । सोही शब्दहरूका आधारमा मन्त्रालयले आदर्श वाक्य तय गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार